Section 52
प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन कोष
(१) प्रदेश सरकारले प्रदेशको औद्योगिक लगानी प्रवर्द्धन तथा संरक्षणका लागि एक प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम स्थापना हुने कोषको सञ्चालन तथा व्यवस्थापन प्रदेश कानून बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिमको कोषको रकम दफा ५१ को उपदफा (३) मा उल्लिखित कार्यमा खर्च गर्न सकिनेछ।